डोटी ।
दोस्रो अध्यक्ष कप अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि आयोजक टोली आदर्श गाउँपालिकाले जितेको छ । फाइनल खेलमा डडेलधुराको परशुराम नगरपालिकालाई ३–० सेटले हराउँदैं आदर्श गाउँपालिकाले उपाधि जितेको हो । विजेताले एक लाख ३१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्यो । उपविजेताले ८१ हजार १ सय ११ रुपियाँ पायो ।
यस्तै, तेस्रो स्थान हासिल गर्ने टोली बझाङको छविस पाथिभेरा गाउँपालिका ले ५१ हजार १ सय ११ रुपियाँ प्राप्त गरेको थियो । प्रतियोगितामा सेटरमा जनक खड्का, ब्लकरमा जितेन्द्र ढुंगाल, डिफेन्डरमा वीरेन्द्र कोली, स्पाइकरमा सन्तोष साउँद, सर्भरमा पारस सिंह उत्कृष्ट भए । जगदीश ओझा उदयमान खेलाडी घोषित भएका थिए । उनीहरूले जनही दुई हजार रकम प्राप्त गरे । प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी बन्दै सुनिल बोहराले तीन हजार नगद प्राप्त गरेका थिए ।











प्रतिक्रिया