काठमाडौं ।
अन्तर्राष्ट्रिय करातेमा लगातार पदक जितिरहेकी कराते खेलाडी एरिका गुरुङ विश्व वरीयतामा छलाङ गर्दै २७ औं स्थानमा उक्लिएकी छन् ।महिला ६८ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै आएकी एरिका यसअघि ५० औं स्थानमा थिइन् । यसै साता कराते–१ प्रिमियर लिगमा ऐतिहासिक पदक जितेपछि एरिकाको वरीयतामा ठूलो सुधार आयो । कराते प्रिमियर लिगमा विश्वको उत्कृष्ट ३२ खेलाडीले मात्र सहभागिता जनाउन पाउने भएपनि एरिकाले रिप्लेस्मेन्टमार्फत् अवसर पाएकी थिइन् ।
यो नयाँ वरीयतापछि भने एरिकाले कराते प्रिमियर लिगमा नियमित सहभागिता जनाउन पाउने भएकी छन् । उनलाई कराते प्रिमियर लिगको सेमिफाइनलमा पराजित गरेकी स्पेनकी मारिया टोरेस गार्सिया शीर्ष स्थानमा रहेकी छन् । ५–५ को स्कोर बराबरीपछि सेन्शुको आधारमा मारियालाई विजेता घोषित गरिएको थियो । गार्सियाले नै ६८ केजी तौल माथिको उपाधि जितेकी थिइन् ।











प्रतिक्रिया