बजेट भाषण पुँजीबजारका लागि ‘हात्ती आयो हात्ती फुस्सा’

1.13k
Shares

कतिपयले शेयरबजार भनेको हल्लाको बजार हो पनि भन्ने गरेका छन् । शेयरबजारलाई हल्लाले हल्लाउँछ रे ! आर्थिक वर्ष २०८२\८३ को बजेट भाषण आउने सातामा शेयरबजारलाई हल्लाले हल्लाइरहेका थिए । बजेट भाषणमा पुँजीगत लाभ कर १० प्रतिशत पुर्‍याएछ भनेर अनलाइन मिडियाहरुले व्यापकरुपमा प्रचारप्रसार गरिरहेका थिए सामाजिक सञ्जालमा । यसले व्यापकता नै पाएको थियो । यसले शेयरबजारमा पनि असर गरेको थियो भन्दा फरक नपर्ला ।

हल्ला भएअनुसार बजेट भाषणले पुँजीगत लाभ कर १० प्रतिशत पुर्‍याउला भनेर शेयरबजारका लगानीकर्ताहरु आत्तिएका थिए । जसले गर्दा शेयरबजारमा बिक्रीको चाप बढेको थियो भन्दा पनि फरक नपर्ला । शेयरबजारमा आफ्नो दुनो सोझ्याउनको लागि हल्ला फिँजाएर लगानीकर्ताहरुलाई प्रभावमा पार्ने नभएका पनि होइनन् । शेयरबजारको लागि जीगत लाभकर १० प्रतिशत पुर्‍याउँछ भनेर जति हल्ला गरे तापनि बजेट भाषणमा बढाएनन् । बजेटले पुँजीगत लाभकरको बारेमा सम्बोधनसमेत गरेन । पुरानोलाई नै निरन्तरता दिएको देखियो ।

त्यसो त पुँजीगत लाभकरको बारेमा मात्र होइन बजेट भाषणले समग्र शेयरबजारलाई नै सम्बोधन गरेन भन्दा पनि फरक नपर्ला । बजेट भाषणमा शेयरबजारको लागि त्यस्तो केही सकारात्मक वा नकारात्मक केही आएन । विगतको नै यथावत् रह्यो भन्दा फरक नपर्ला ।

यस कारणले पनि २०८२\८३ को बजेट भाषण शेयरबजारका लगानीकर्ताहरुलाई ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ जस्तै भयो । तर पनि बजेट भाषणले शेयरबजारका लागि केही बोलेको भने थियो । तर त्यो भाषण सामग्री ‘नयाँ बोतलमा पुरानो रक्सी’ जस्तै मात्र भएको छ शेयरबजारका लगानीकर्ताहरुका लागि ।

नेपाल स्टक एक्सचेन्जलाई पुनर्सरचना गरी, संस्थागत क्षमता अभिवृद्धि गरी, शेयरबजार थप पारदर्शी एवं भरपर्दो बनाउने, नेपाल धितोपत्र बोर्ड सेबोनलाई संस्थागत र सुदृढ गर्ने, नागरिक र लगानीकर्ताहरुको हकहित संरक्षण गर्नेमा ध्यान दिने बनाउनेजस्ता विषय भने समेटिएका छन् । त्यसै गरी नयाँ लगानीकर्ताहरुको सम्भावनालाई खोल्नको लागि सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष, प्राइभेट इक्विटी र भेन्चर क्यापिटलहरुमा लगानी गर्नको लागि कानुनी संरचना तयार गर्ने र सरकारी ऋणपत्रहरुलाई पनि शेयरबजारको दोस्रो बजारमा कारोबार गर्न अनुमति दिने अनि गैरआवासीय नेपालीहरुलाई समेत शेयरबजारको दोस्रो बजारमा कारोबार गर्न अनुमति दिने आदि विषय समेटिएका छन् । यसले शेयरबजारलाई सुधार र प्रवद्र्धन गर्नको लागि सहयोग मिल्ने भनाइ रहेको छ ।

तर पनि शेयरबजारका लगानीकर्ताहरुको हकहित, संरक्षण र लगानी सुरक्षित हुने गरी कुनै पनि बजेट भाषणमा सम्बोधन भने गरेको देखिएन ।केही महिनादेखि नेप्से साइडवेजमा थियो भन्दा फरक पर्दैन । लगानीकर्ताहरु बजेट भाषणमा लगानीकर्ताहरुको लगानी सुरक्षित गर्ने केही आउँछ कि भनी कुरेर बसेका भए पनि शेयरबजारलाई माथि लाने एजेन्डाहरु केही आएन । आर्थिक वर्ष २०८२\८३ को बजेटमा शेयरबजारको लागि त्यस्तो सकारात्मक हुने, नकारात्मक हुने कुरा आएन । बजेट भाषण विगतको नै निरन्तरता हो भने पनि फरक नपर्ला ।

अब भने शेयरबजारका लगानीकर्ताहरु मौद्रिक नीतिको पर्खाइमा रहनेबाहेक अरु विकल्प पनि रहेन । अधिकांश शेयर लगानीकर्ताहरुको भनाइमा यसपालिको मौद्रिक नीति लगानी–मैत्री हुने, शेयरबजार–मैत्री हुनेमा ढुक्क छन् । यसपालिको मौद्रिक नीति नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरको नेतृत्वमा आउने भएको छ । त्यसो त नयाँ गभर्नरको नेपाल राष्ट्र बैंकको प्रवेशलगत्तै तेस्रो मौद्रिक नीतिको समीक्षा आएको थियो । तेस्रो मौद्रिक नीतिको समीक्षामा लगानीकर्ताहरुले माग गरिरहेको भारित औसत भारलाई १२५ प्रतिशतबाट घटाई सय प्रतिशतमा झारेको थियो । अब अर्को लगानीकर्ताहरुको माग भनेको शेयर लोनमा रहेको १५ करोडको क्यापलाई हटाउन हो भन्दा पनि फरक नपर्ला । अब आउने मोद्रिक नीतिमा यो क्याप पनि हटाउँछ भने आम लगानीकर्ताको भनाइ रहेको छ ।

सरकार शेयरबजार–मैत्री हुनुपर्दछ । नियामक निकायहरु शेयरबजार–मैत्री हुनुपर्छ । शेयरबजार भनेको अर्थतन्त्रको एउटा पाटो हो भन्ने गरेका छन् । यसले देशको लागि आवश्यक पुँजीको जोहो गरिदिने गरेको छ । पुँजीबजारले देशमा छरिएर रहेका पुँजीहरुलाई एकत्रित गर्ने गर्दछ । त्यसै गरी शेयरबजारले पुँजीगत लाभ करको रुपमा महिनामा नै अर्बौंको राजस्व उठाउँछ । यस्तो शेयरबजारलाई कतिपयले नकारात्मक हल्ला फिँजाएर लागानीकर्तालाई आतंकित पार्ने गर्छन् ।

त्यसो त कतिपय लगानीकर्ता हल्लाको पछि दगुर्ने गरेका पनि छन् । शेयरबजारका लगानीकर्ताहरु हल्लाको पछि लाग्ने, अरुको देखासिकी गर्ने, बढेको भाउलाई हेरेर शेयरको कारोबार गर्ने नगरी आफूले किन्न चाहेको कम्पनीको बारेमा जानकारी लिई अध्ययन गरेर लगानी गर्न उपयक्त हने देखिन्छ । शेयरबजारका लगानीकर्ताहरुले शेयरबजारको बारेमा जानकार र सचेत हुनुपर्ने देखिन्छ ।

पछिल्लो समयमा शेयरबजारप्रति लगानीकर्ताहरुको आकर्षण बढेको देखिन्छ । डिम्याट खातामा आबद्ध रहेका लगानीकर्ताहरुको संख्या ६८ लाखको हाराहारीमा रहेको सम्बन्धित सरोकारवालाहरु बताउँछन् । मेरो शेयरको प्रयोगकर्ता नै ५८ लाखको हाराहारीमा रहेको सम्बन्धित सरोकारवालाहरुको भनाइ छ ।

यो शेयरबजारको लागि सकारात्मक सन्देश हो भन्दा फरक नपर्ला । यस्तो संमेदनशील शेयरबजारलाई सरकार, नियामक निकायहरु, लगानीकर्ताहरुले माथि लानको लागि ध्यान दिनुपर्ने देखिन्छ । त्यसो त केही लगानीकर्ताहरु स्वयं पनि शेयरबजारमा चलखेल गरेर अस्वाभाविकरुपमा नेप्सेलाई तल–माथि गर्ने गरिरहेका हुन्छन् । त्यसैले शेयरबजारको बारेमा जानेर, बुझेर मात्रै यसको कारोबार गर्नुपर्छ ।

उपयोगी टिप्स
कुश राखेको दूध नफाट्ने
एकदिन (कोभिडका कारण लकडाउन भएको समय) नाताले मामा पं. हरिहर न्यौपानेले कुरैकुरामा कुशको प्रसङ्ग निकाल्नुभयो । उहाँले भन्नुभयो, ‘हरियो कुश हालेर तताएको दूध फाट्दैन ।’ दूध तताउँदा फाट्न लागेजस्तो लाग्यो भने आफूहरूले पनि तुरुन्तै कुश चिमटेर हाल्ने गरेको उहाँले उल्लेख गर्नुभयो । उहाँको कुरा सुनेर म (लेखक)लाई समेत यसको प्रयोग गर्न मन लाग्यो ।
आफैँले रोपेको कुशको एक टुक्रा चिमटेर ल्याएँ । दूध तताउन बसाल्नुभन्दा पहिले त्यस दूधमा मेरी श्रीमतीले दुई थोपा कागती निचोरेर हालिदिइन् । किनकि कागतीको अमिलो (एसिड) पर्दा दूध फाट्छ । दूध फाटिहाल्यो भने बरबाद हुन्छ भनेर तुरुन्तै हरियो कुशको २–४ टुक्रा हालेर दूध तताइयो तर दूध फाटेन । यसले पुष्टि भयो कि कुश हालेको दूध नफाट्ने रहेछ । कुशमा एसिड निस्तेज गर्ने क्षमता रहेछ ।
(रोहिणीप्रसाद घिमिरेको ‘धर्म–विज्ञान’ पुस्तकबाट उद्धृत अंश ।)