एनआईसी एकेडेमी सेमिफाइनलमा


काठमाडौं

एनआईसी एकेडेमी तेश्रो वडा अध्यक्ष कप छात्र अन्तरविद्यालय फुटबल प्रतियोगितामा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ । काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा चावहिलमा भइरहेको प्रतियोगितामा एनआईसीले नोब्सलाई ५–१ गोलले पराजित गर्‍यो ।

एनआईसीका सुनिश्चित बस्नेत ‘म्यानअफ द म्याच’ घोषित भए ।अन्य खेलमा मनास्लुले विनायकलाई ५–१, पशुपति ‘बी’ ले हिलारीलाई १–० तथाकिन्सले बाल व्यवसायीलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउदै सेमिफाइनलमा पुगेका छन् । मनास्लुका अभिषेक रिजाल, पशुपति ‘बी’का दिनेश लोहार र किन्सका अनिश राई ‘म्यानअफ द म्याच’चुनिए ।