नयाँ दिल्ली ।
पञ्जाब किंग्सले मुम्बई इन्डियन्सलाई ५ विकेटले हराएपछि इन्डियन प्रिमियर लिग (आईपीएल) मा नयाँ टोली च्याम्पियन पक्का भएको छ । आइतबार भएको क्वालिफायर २ खेल जितेर पञ्जाबले पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सको छैटो पटक उपाधि जित्ने योजना भताभुंग पारेको हो ।
योसँगैं आज हुने फाइनल खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र पञ्जाबबीच उपाधिको लागि प्रतिस्पर्धा हुने तय भएको हो । यसमा जो जितेपनि आईपीएलले नयाँ च्याम्पियन पाउनेछ र च्याम्पियन हुने आठौं टोली हुनेछ । अहिलेसम्म रोयल र पञ्जाबले उपाधि जित्न सकेको छैन । पञ्जाबले एक पटक र रोयलले तीन पटक फाइनल खेलेपनि उपाधि जित्न सकेनन् ।
पञ्जाब ११ वर्षअघि सन् २०१४ को संस्करणमा फाइनल पुगेको थियो । उक्त फाइनलमा कोलकाता नाइट राइडर्ससँग टोली हारेको थियो । रोयल भने २००९, २०११ र २०१६ को फाइनलमा हारेको थियो ।
आईपीएलमा जित्ने टोलीहरू
५—मुम्बई इन्डियन्स र चेन्नाई सुपर किंग्स
३—कोलकाता नाईट राईडर्स
१—राजस्थान रोयल्स, सनराईजर्स हैदराबाद, गुजरात टाइटन्स, डेकन चार्जर्स











प्रतिक्रिया