काठमाडौं ।
अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली थाइल्याण्ड महिला टोलीसँग २–० ले पराजित भएको छ । उज्बेकिस्तानमा यही जुन अन्तिममा हुने एएफसी महिला एसियन कप छनोटको तयारीमा रहेको नेपालले थाइल्याण्डमा यो मैत्रीपूर्ण खेल खेलेको हो ।
छनोटमा समूह एफ मा रहेको नेपालले घरेलु टोली उज्वेकिस्तानसँगै लाओस र श्रीलंकासँग खेल्नेछ । समूहको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष अष्ट्रेलियामा हुने महिला एसियन कपमा छनोट हुनेछ । नेपालले थाइल्यान्डसँग यो तेस्रो पटक खेलेको हो । तीनै पटक नेपालले हार बेहोरेको छ ।
पहिलो हार सन् १९९६ को महिला एसियन कपमा बेहोरेको थियो । नेपाल त्यतिबेला ५–० को ठूलो गोलअन्तरले पराजित भएको थियो । यसपछि १९९९ मा भएको महिला एसियन कपमा पनि सोही समान नतिजा दोहोरिएको थियो ।











प्रतिक्रिया