ललितपुर ।
ललितपुर महानगरपालिका वडास्तरीय फुटसल प्रतियोगितामा वडा नं २३ कोे टिमले पहिलो स्थान हासिल गरेको छ । प्रतियोगितामा ललितपुर महानगरपालिका–१८ ले दोस्रो स्थान हासिल गरेको छ । ललितपुर महानगरपालिका २५ द्वारा आयोजित प्रतियोगितामा दोस्रो हुने १८ का खेलाडीलाई वडा कार्यालयले सम्मान गरेको छ ।

प्रतियोगितामा दोस्रो स्थानमा विजयी १८ नम्बर वडाले वडाभर विजयी ¥याली आयोजना गरेको थियो । फुटसल प्रतियोगितामा १८ नम्बर वडाको तर्फबाट सदस्य निरज कुँवरले संयोजन गरेका थिए ।

विजयी टोलीलाई बधाई दिँदै वडा अध्यक्ष दामोदर खड्काले चालु आर्थिक वर्षमा वडाले खेलकुद मार्फत युवालाई प्रोत्साहन गरेको बताए । त्यसको परिणाम स्वरुप वडास्तरीय प्रतियोगितामा हाम्रो वडाले दोस्रो स्थान हासिल गर्न फिल भएको उनको धारणा थियो । उनले भने–आगामी आवमा थप नयाँ योजना सहित खेलकुद कार्यक्रमको बजेट बढाउने योजना बनाएको छौं ।

वडाले फुटबल, भलिबल,ब्याडमिन्टन, टेबलटेनिस लगायत खेलमा विभिन्न क्लबलाई आर्थिक सहयोग जारी राखेको छ । फुटसल प्रतियोगितामा पहिलो हुने टीमलाई ७० हजार नगर, ट्रफी र मेडल प्रदान गरिएको थियो । दोस्रो हुने वडा १८ ले ३५ हजार नगद ,ट्रफी मेडल पाएको छ । समापन कार्यक्रममा बोल्दै वडा नं २५ का अध्यक्ष दौलतकुमार खत्रीले विजयी टीमलाई बधाई दिँदै यो प्रतियोगितालाई निरन्तर जारी राख्ने बताए ।











प्रतिक्रिया