काठमाण्डौं
नेपाल एसबिआई बैंकका प्रमुख सञ्चालन अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका विकास आनन्द बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । उहाँले जेठ १३ गतेबाट बैंकको प्रमुख सञ्चालक अधिकृतको जिम्मेवारी सम्हाल्ने बैंकद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
यस नियुक्तिसँग आनन्दले बैंकको नायब प्रमुख कार्यकारी अधिकृत र प्रमुख सञ्चालन अधिकृतको समेत जिम्मेवारी सम्हालिरहेका छन् ।
नेपाल एसबिआई बैंकले विगत ३१ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।











प्रतिक्रिया