नेपाल बैंकका कर्मचारी तथा ग्राहकलाई नागरिक सामुदायिक शिक्षण अस्पताल र ह्याम्समा छुट


काठमाडौँ

नेपाल बैंक लिमिटेडका कर्मचारी तथा सेवाग्राहीका लागि ह्याम्स अस्पतालद्वारा सञ्चालित गठ्ठाघरस्थित नागरिक सामुदायिक शिक्षण अस्पताल र ह्याम्स अस्पतालमा विशेष छुट प्रदान गरिने भएको छ । बैंकका कर्मचारी तथा खातावालाहरुलाई लक्षित गरी गरिएको यो सहकार्य अन्तर्गत उपचार सेवामा ५ प्रतिशतदेखि १२ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ ।

यस सम्बन्धी समझदारीपत्रमा नेपाल बैंकको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र अस्पतालको तर्फबाट कार्यकारी निर्देशक भुवन जोशीले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै अब नेपाल बैंकमा खाता भएका ग्राहक वा त्यहाँ कार्यरत कर्मचारीले नागरिक सामुदायिक शिक्षण अस्पताल तथा ह्याम्स अस्पतालमा उपलब्ध विविध स्वास्थ्य सेवामा छुट पाउने छन् । छुटको सीमा सेवा प्रकारअनुसार फरक रहनेछ भने बिलिङ्ग रकममा प्रत्यक्ष रूपमा छुट समावेश गरिने जनाइएको छ ।

नेपालको पहिलो वाणिज्य बैंक नेपाल बैंक लिमिटेडले स्वास्थ्य सेवा पहुँच विस्तार तथा सेवाग्राहीलाई थप सुविधा दिने उद्देश्यले विभिन्न अस्पतालसँग सहकार्य गर्दै आएको छ ।