इजरायली आदेशपछि उत्तरी गाजाको अन्तिम अस्पताल पनि बन्द


काठमाडौँ।

उत्तरी गाजामा स्वास्थ्य सेवा प्रदान गर्ने अन्तिम अस्पताल पनि बन्द भएको छ। इजरायली सेनाले अस्पताललाई तुरुन्तै खाली गर्न आदेश दिएको अस्पतालका निर्देशकले बताएका छन्।

डा. मोहम्मद सलहाले बीबीसीलाई बताए अनुसार दुई हप्ताको घेराबन्दी” पछि बिहीबार साँझ जबालियाको अल-अवदा अस्पतालबाट बिरामीहरूलाई बाहिर निकालिएको थियो।

उनका अनुसार, अब “उत्तरमा कुनै पनि स्वास्थ्य सुविधा काम गरिरहेको छैन।”

यस विषयमा इजरायली रक्षा बल (IDF) बाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

युद्धविराम प्रयासहरू जारी रहेको बेला यो कुरा प्रकाशमा आएको हो।

यता हमासले युद्धविराम सम्बन्धी अमेरिकी योजनाको “राम्ररी समीक्षा” गरिरहेको बताएको छ।

त्यस्तै , ह्वाइट हाउसले यस योजनाको बारेमा भनेको छ कि इजरायलले यसमा “हस्ताक्षर” गरेको छ।

गाजामा इजरायलको सैन्य कारबाही जारी छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार विगत २४ घण्टामा इजरायली आक्रमणमा कम्तिमा ७२ जना मारिएका छन्।- बीबीसीबाट