सिद्धार्थ बैंकका ग्राहकहरूलाई लाइल्याक वेलनेस एण्ड स्पामा १०% सम्मको छुट


काठमाडौँ
सिद्धार्थ बैंक लिमिटेड र काठमाडौंस्थित लाइल्याक वेलनेस एण्ड स्पाबीच एक समझौतामा हस्ताक्षर भएको छ । जसअनुसार बैंकका ग्राहकहरूले स्वास्थ्य तथा वेलनेस सेवामा विशेष छुट पाउनेछन् ।

यस समझौताअनुसार, सिद्धार्थ बैंकका प्लेटिनम डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरूले लाइल्याक वेलनेस एण्ड स्पामा सम्पूर्ण सेवाहरूमा अधिकतम १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन्। छुट प्राप्त गर्नको लागि ग्राहकहरूले सम्बन्धित सेवा केन्द्रमा डिजिटल कार्डमार्फत भुक्तानी गर्नुपर्नेछ ।
बैंकले यो साझेदारी डिजिटल कारोबारतर्फ ग्राहकलाई प्रोत्साहन दिन र नगद कारोबार घटाउँदै आधुनिक बैंकिङ प्रविधिको प्रयोगलाई प्रवद्र्धन गर्ने उद्देश्यले गरेको हो। साथै, बैंकले विश्वास लिएको छ कि यस किसिमका सहकार्यहरूले ग्राहक सन्तुष्टि र सुविधा वृद्धि गर्न मद्दत पु¥याउनेछ ।

ग्राहकहरूले थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ’सिद्धार्थ केयर’ सँग ०१–५९७००२० सम्पर्क गर्न सकिनेछ ।
यस्तै, बैंकले हालै सुरु गरेको ’सिद्धार्थ रिवाड्र्स’ नामक लोयल्टी सेवा अन्तर्गत पनि डिजिटल भुक्तानीमार्फत खरिद गर्दा अंक संकलन गर्ने र ती अंकहरू विभिन्न उपहार वा सेवामा बदल्न सकिने सुविधा प्रदान गरिएको छ ।

सिद्धार्थ बैंकले डिजिटल भुक्तानीलाई प्राथमिकता दिँदै ग्राहकअनुकूल सेवा विस्तार गर्ने प्रतिबद्धता जनाउँदै आएको छ ।