काठमाडौं
नेपालको एक अग्रणी तथा स्थापित इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकटेकले व्यवसायिक प्रयोजनका लागि उच्च गतिको इन्टरनेट सेवा ‘इन्टरप्राइज प्रो’ सार्वजनिक गरेको छ ।
यस नयाँ योजनाअन्तर्गत १ हजार एमबिपिएस १ जीबीपीएस इन्टरनेट स्पीड प्रदान गरिनेछ । जसमा सार्वजनिक आईपी ठेगाना, लेयर २ सहयोग र वाईफाई ६ राउटर निःशुल्क रूपमा उपलब्ध गराइनेछ ।
कम्पनीले यस सेवा विशेष रूपमा होस्टेल, विद्यालय, अस्पताल, सूचना प्रविधि कम्पनी, कन्सल्टेन्सी, होटल जस्ता धेरै प्रयोगकर्ताहरू रहने संस्थाहरूलाई ध्यानमा राखी ल्याएको हो। साना गतिको इन्टरनेट सेवामा धेरै प्रयोगकर्ता जडान हुँदा स्पीड घट्ने, जाम (कन्जेसन) हुने समस्या देखिने भएकाले त्यसको समाधानका रूपमा उच्च गतिको इन्टरप्राइज प्रो सेवा सुरु गरिएको हो ।











प्रतिक्रिया