भारतमा एकै परिवारका सात जना कारभित्र मृत भेटिए


काठमाडौँ।

भारतको हरियाणास्थित पंचकुलामा एउटा कारभित्र सात जना मृत फेला परेका छन्।

पंचकुलाका डीसीपी हिमाद्री कौशिकले मृतक सबै एकै परिवारका भएको र उनीहरूको पहिचान भइसकेको बीबीसी हिन्दीलाई बताएकी छन । उनले भनेन् कि ‘प्रथम दृष्टिमा यो आत्महत्याको घटना देखिन्छ’।

समाचार एजेन्सी पीटीआईका अनुसार उनीहरू देहरादूनका एकै परिवारका सदस्य थिए।

मिडियासँग कुरा गर्दै डीसीपी हिमाद्री कौशिकले भने, “हामीलाई ओजस अस्पतालमा छ जनालाई ल्याइएको जानकारी प्राप्त भयो। हामी त्यहाँ पुग्दा, हामीले उनीहरूको मृत्यु भइसकेको पायौं र सिभिल अस्पतालको सेक्टर ६ मा लगिएको एक जनाको पनि मृत्यु भयो।”

उनले सरसर्ती हेर्दा यो आत्महत्याको घटना देखिएको र फोरेन्सिक प्रमाणहरू सङ्कलन भैरहेको बताए। । घटनाको गहन अनुसन्धान गरिनेछ उनले बताएका छन्। बीबीसी