विश्व नम्बर एक सबालेन्काको जित


लन्डन, (एजेन्सी)

विश्व नम्बर एक एरिना सबालेन्काले जितबाट यस वर्षको फ्रेन्च ओपन अभियान शुरुआत गरेकी छन् । सबालेन्काले कामिला राकिमोभालाई सीधा सेटमा हराउँदा एक गेम मात्रै ड्रप गरिन् । बेलारुसकी सबालेन्काले रसियनविरुद्ध लगातार नौ गेम जितेकी थिइन् । उनले राकिमोभाका ५ सर्भिस ब्रेक गर्दा पाँच एससमेत प्रहार गरेकी थिइन् ।

तीन ग्रान्डस्लाम सिंगल्स उपाधि जितेकी सबालेन्काले अहिलेसम्म फ्रेन्च ओपनमा उपाधि जित्न सकेकी छैन । पेरिसमा हरेक वर्ष हुने सो ग्रान्डस्लाम प्रतियोगितामा उनको राम्रो प्रदर्शन भनेको २०२३ मा थियो । जसमा उनी सेमिफाइनलसम्म पुगेकी थिइन् ।

महिला सिंगल्सतर्फ अर्को खेलमा एलीना स्विटोलीनाले जित हासिल गरिन् । उनले टर्कीकी जीनेप सोमनेजलाई हराउन केवल ७२ मिनेटको समय लिएकी थिइन् । यूक्रेनकी स्विटोलीना फ्रेन्च ओपनमा चार पटक क्वार्टरफाइनलमा पुगेकी छन् ।

आइतबार नै भएको अर्को खेलमा विम्बल्डन च्याम्पियन पेटरा केभिटोभा पराजित भएकी छन् । उनी स्विट्जरल्यान्डकी भिक्टोरिया गोलुबिचसँग तीन सेटमा हारेकी थिइन् । पहिलो सेट जितेपनि पछिका दुई सेट गुमाउँदा केभिटोभा यस वर्षको फ्रेन्च ओपनबाट छिटै बाहिरिनु प¥यो । उनल यस खेलमा ४५ अनावश्यक गल्तीहरू गरेकी थिइन् ।