काठमाडौँ
ज्योति विकास बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘ज्योति स्मार्ट’मार्फत हवाई टिकट खरिद गर्दा पाँच सय रुपियाँ क्यासब्याक प्राप्त गर्ने योजना सार्वजनिक गरेको छ ।
यस एपबाट देशभरका जुनसुकै एयरलाइन्सको हवाई टिकट खरिद गर्दा पाँच सय रुपियाँको सर्वाधिक क्यासब्याक प्राप्त हुने बैंकले जनाएको छ । ज्योति स्मार्ट एपबाट हवाई टिकट खरिद गर्दा ‘ज्वाति ५००’ प्रोमो कोड प्रयोग गरी उक्त क्यासब्याक प्राप्त हुनेछ ।
यो विशेष अभियान यही जेठ ९ देखि सीमित अवधिका लागि लागू हुने बैंकले जनाएको छ । अभियान अवधिभर ग्राहकहरूले ज्योति स्मार्ट एप प्रयोग गरी पहिलो हवाई टिकट खरिद गरेमा क्यासब्याकको सुविधा प्राप्त गर्नेछन्। बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुका साथै ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै यस्ता आकर्षक योजना सञ्चालन गर्दै आएको छ ।











प्रतिक्रिया