काठमाडौँ
समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सञ्चालक समिति अध्यक्षमा नवनियुक्त अजयकुमार मिश्रले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
मिश्रले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलसमक्ष शपथ लिएका हुन् ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्सले हाल १३ ओटा शाखामार्फत सेवा दिँदै आएको छ । मोबाइल बैंकिङ, डेबिट कार्ड, आरटिजिएस, आइपिएस, कनेक्ट आइपिएस, क्युआर कोडजस्ता डिजिटल सुविधासमेत प्रदान गरिरहेको छ ।











प्रतिक्रिया