निर्देशक चन्द्र पन्तले आबाट आमा नामक फिल्म निर्माण घोषणा गरेका छन्।
थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो। फिल्मको रिलिज डेट फागुन १५ गते तोकिएको छ।
सार्वजनिक थिम पोस्टरमा बच्चाले आमाप्रतिको माया दर्शाएको छ। रोइरहेकी आमालाई बच्चाले आँशु रोक्ने प्रयत्न गर्दैछ। यसबाट थाहा हुन्छ कि यो फिल्मको कथा आमाप्रति सन्तानको माया कति छ भन्ने विषय दर्शाउने छ।
आर्या इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन आगामी भदौबाट हुनेछ। फिल्म अभिमन्यु निरवीले लेखेका छन्। द्वन्द्व निर्देशक पन्तले यसअघि एक्सन जनराको फिल्म ह्रस्व दीर्घ निर्देशन गरेका थिए। यसबाहेक उनले भोजपुरी फिल्म पिहतसहित पाँच दर्जनभन्दा बढी नेपाली फिल्ममा द्वन्द्व निर्देशन गरिसकेका छन्।
उनको डेब्यु निर्देशनमा बनेको ह्रस्व दीर्घले उचाई हासिल गरेको थियो। नेपालमा राम्रो व्यापार गरेको फिल्म भारतको लोकप्रिय ओटीटी प्लेटफर्म जी फाइबले समेत किनेको थियो। जि फाइबले पहिलोपटक नेपाली फिल्म किनेको हो।











प्रतिक्रिया