बन्ने भयो लालीबजार


जात्रा शृंखलामार्फत स्थापित ब्यानर षट्कोण आट्र्सले नयाँ फिल्म लालीबजार निर्माणको घोषणा गरेको छ।

जात्रा, जात्रै जात्रा, महापुरुष र महाजात्राजस्ता फिल्म निर्माण गरेर स्थापित ब्यानरले पहिलोपटक आप्mनो निर्माण संस्थाभन्दा बाहिरको निर्देशक लिएर लालीबजार निर्माण गर्न लागको हो। फिल्म यम थापाको लेखन र निर्देशनमा निर्माण हुनेछ। रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेस खत्रीले निर्माण गर्ने फिल्ममा प्रदीप भट्टराई कार्यकारी निर्माता रहनेछन्।


निर्माता बानियाँले षट्कोण आट्र्सले स्क्रिप्ट खोजी गर्ने क्रममा निर्देशक थापासँग सहकार्यको सुरूआत भएको बताए। ‘हामी अन्य लेखक तथा निर्देशकसँग सहकार्य गर्न छलफलमा थियौँ। राम्रो कथा दर्शकसम्म जानबाट वञ्चित नहोस् भनेर हामीले केही लेखक तथा निर्देशकसँग सहकार्यका लागि छलफल गरेका थियौँ। सोही क्रममा निर्देशक थापाले पठाउनु भएको स्क्रिप्टले हामीलाई आकर्षित ग¥यो’ रवीन्द्रले जानकारी गराए ‘उहाँले स्क्रिप्ट लिएर काम गर्नुस् भन्नुभएको थियो तर हामीले उहाँलाई नै निर्देशन गर्न आग्रह ग¥यौँ।’

निर्माता बानियाँले फिल्म घोषणासँगै रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) ले तयार पारेको मिनिमल पोस्टर पनि सार्वजनिक गरेका छन्। जसमा कलाकारको अनुहार नराखी पात्रको परिचय दिइएको छ। लालीबजारका लागि तयार गरिएको कन्सेप्चुअल मिनिमल पोस्टरमा शीर्षकको अक्षर विन्यासमा एक प्रकारको खस्रोपन र विशेष बनावट देखिन्छ, जसमा रातो थोप्लालाई टिकुलीको रूपमा प्रस्तुत गरिएको छ। यसले शीर्षकमा नै कुनै द्वन्द्व वा कथा लुकेको संकेत गरेको छ।

एक पुरानो परम्परागत चुरालाई फूलको बुट्टासहित गोलो आकारमा स्केच गरिएको छ। यो गोलाकार चुराभित्र, एउटा चम्किलो रातो लिपस्टिक ठाडो अवस्थामा रहेको छ भने एउटा गोली तेर्सो परेर लडिरहेको देखिन्छ। भीमसेनका अनुसार, यी तत्वको संयोजनले गहिरो लुकेको अर्थ बोकेको छ र चुराको गोलाबाट बाहिरतिर उडिरहेका चराहरूले आशा र स्वतन्त्रताको अनुभूति दिलाउँछन्।

लालीबजारका लागि कलाकार छनोट प्रक्रियामा रहेको निर्माता बानियाँले जानकारी गराए। उनले आगामी दसैँलगत्तै फिल्मको छायांकन गरिने जानकारी दिए। षट्कोण आट्र्सले एकल निर्माता भएर निर्माण गरिरहेको लालीबजार पाँचौँ फिल्म हो। यसबाहेक टल्कजंग भर्सेस टुल्के, डंकिनी, सुपर मंकलगायतका फिल्ममा अन्य ब्यानरसँग सहकार्य गरेको छ।