चितवनमा बस र इभी कार एकआपसमा ठाेक्किँदा कार चालककाे मृत्यु


चितवनमा बस र इभी कार एकआपसमा ठाेक्किँदा कार चालककाे ज्यान गएको छ । ज्यान गुमाउनेमा खैरहनी नगरपालिका-८ बस्ने ४२ वर्षीय प्रतिप तिमल्सिना रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार गएराति उदयपुरबाट काठमाडौं तर्फ आउँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७०२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१-०३० च ११५७ नं.को इभी कार एक आपसमा ठक्कर खाँदा कार चालकको मृत्यु भएको हो।

उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका तिमल्सिनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर ल्याइएकोमा अस्पतालले शुक्रबार बिहान ३ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बस चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।