खाना बनाउँदा तेल भनेर डिजेल हाल्दा आगलागी, २ जना घाइते


काठमाडाैं ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ स्थित देवान बाबुको घरमा बुधबार साँझ खाना पकाउने क्रममा आगलागी हुँदा दुई जना घाइते भएका छन्।

वीरगन्जकी १३ वर्षीया असिया खातुन र भारत मोतिहारीकी २५ वर्षीया अफ्रिदा खातुन घाइते भएका हुन्।

मासु पकाउँदा तेल सम्झी डिजेल कराईमा हालिएपछि आगो सल्किएको हो।

आगलागीबाट असियाको अनुहार, हात, पिठ्यूँ र खुट्टा जलेको छ। घाइतेहरूलाई हेटौंडा अस्पताल पठाइएको छ। आगो केहीबेरमै नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।