काठमाडौँ
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेशको धनगढीमा क्रियाशील दृष्टि फाउण्डेसन नेपाललाई सहयोग गरेको छ । लामो समयदेखि मानसिक स्वास्थ्य समस्या भोगिरहेका र परिवारविहीन महिलाहरू तथा तिनका बालबालिकाहरूको सेवामा समर्पित यस संस्थालाई बैंकले करिब दुई महिनासम्म पुग्ने सरसफाइ तथा उपभोग्य सामग्रीहरू हस्तान्तरण गरेको छ ।
संस्थामा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग सामग्रीहरू हस्तान्तरण गर्दै यस्तो सहयोग गर्न पाउँदा आफू निकै खुशी भएको बताउनु भयो । उनले यस्तो संस्था समाजमा प्रेरणाको स्रोत भएको उल्लेख गर्दै संस्थाको निरन्तर प्रगतिका लागि शुभकामना पनि दिनुभयो ।
बैंकले सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले यस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै आएको जनाएको छ । यसै क्रममा आगामी दिनहरूमा पनि यस्ता सहयोगमूलक कार्यक्रम विस्तार गर्ने बैंकको योजना छ ।
हालै मात्रै “बैंक अफ द ईयर २०२४“ को उपाधि प्राप्त गर्न सफल सिटिजन्स बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याइसकेको छ । साथै, मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन र ऋण किस्ता भुक्तानी जस्ता सेवा तथा क्रस बैंक टेलर सुविधा समेत सुरु गरेको बैंकले देशभरका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६८ एटिएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित इकाइमार्फत करिब १८ लाख ९१ हजार ग्राहकलाई सेवा दिइरहेको जनाएको छ ।











प्रतिक्रिया