डिलाइट डेरी ह्वाइटनरका स्वादिलो परिकार


काठमाडौँ

नेपाली भान्सामा नयाँ स्वादको क्रान्ति ल्याउँदै, डिलाइट डेरी ह्वाइटनर अब केवल चिया र कफीका लागि सीमित नरही, विविध परिकारको स्वाद बढाउने महत्वपूर्ण सामग्रीको रूपमा परिचित हुने भएको छ । बजारमा सजिलै उपलब्ध यस डेरी ह्वाइटनरले साधारण खाना सामग्रीलाई स्वादिलो र आकर्षक परिकारमा रूपान्तरण गर्ने विशेषता बोकेको छ । उपभोक्तामाझ लोकप्रियता कमाउँदै गएको डिलाइट डेरी ह्वाइटनरले चिया, कफी मात्र होइन, परिकारमा समेत छुट्टै स्वाद दिनेगरी आफ्नो प्रयोग विस्तार गरेको छ । विशेषज्ञका अनुसार, डिलाइट डेरी ह्वाइटनरले खाना तयार पार्दा क्रिमी बनावट र समृद्ध स्वाद दिने डेरीले जनाएको छ । अब तपाईंको भान्सामा स्वाद र सहजताको प्रतीक बन्नेछ । डिलाइट डेरी ह्वाइटनर बिहानको चिया वा कफी मात्र होइन, यसको प्रयोगले घरमै सजिलै स्वादिलो परिकार तयार गर्न सकिन्छ । यसले साधारण सामग्रीलाई स्वादिष्ट र उत्कृष्ट परिकारमा रूपान्तरण गर्न सक्ने क्षमतासहित नयाँ अनुभव दिन्छ ।

चिया कसरी बनाउने ?

बिहानको सुरुवात वा दिउँसोको विश्रामका लागि एक कप मिठो चिया अत्यावश्यक हुन्छ । अब डिलाइट डेरी ह्वाइटनर प्रयोग गरेर चिया बनाउने तरिका झनै सजिलो भएको छ । २५ ग्राम डिलाइट डेरी ह्वाइटनरलाई १८० मिलिलिटर तातो पानीमा मिसाएर २०० मिलिलिटर दूध तयार पार्नुहोस् । यसलाई उम्लिरहेको कालो चियामा मिसाउनुहोस्। स्वादअनुसार चिनी, अदुवा र इलाइची राखेर केही बेर उमाल्नुहोस्। यसरी बनेको चिया गाढा, सुगन्धित र मन शान्त पार्ने खालको हुन्छ।

चिसो कफी कसरी बनाउने ?

डिलाइट डेरी ह्वाइटनरको प्रयोगले अब घरमै क्याफेस्तरको चिसो कफी बनाउन सकिन्छ । पहिला, आफ्नो मनपर्ने इन्स्ट्यान्ट कफीलाई थोरै तातो पानीमा घोल्नुहोस् । अर्को गिलासमा डिलाइट डेरी ह्वाइटनर र तातो पानी मिसाएर गाढा दूध तयार गर्नुहोस् । कफी र दूधलाई मिश्रण मेसिनमा राखेर स्वादअनुसार चिनी र बरफ राखेर राम्ररी मिलाउनुहोस् । डिलाइट डेरी ह्वाइटनर मिसाएर तयार पारिएको यो कफी स्वादिलो मात्र होइन, ताजगी दिने पेय पनि हो । चाहनु भएमा फेटिएको क्रिमको सजावटले यसलाई अझ आकर्षक बनाउन सकिन्छ । यो केवल चिसो कफी होइन । यो डिलाइट डेरी ह्वाइटनरले दिएको सानदार अनुभव हो । नरम, मझिएको र अत्यन्तै ताजगीदिने परिकार हो ।

खिर कसरी बनाउने

एक कप चामल भिजाएर नरम बनाउनुहोस् र थोरै पानीमा पकाउनुहोस् । अर्कोतर्फ, ३–४ कप डिलाइट डेरी ह्वाइटनरमा २ कप तातो पानी मिसाएर दूध तयार गर्नुहोस् । पकिरहेको चामलमा उक्त दूध हाल्नुहोस् । स्वादअनुसार चिनी र सुकुमेल राखेर राम्ररी उमाल्नुहोस् । अन्त्यमा बदाम र पिस्ता छरेर सजाउनुहोस् । डिलाइट डेरी ह्वाइटनरको प्रयोगले खिर झनै गाढा, मीठो र उत्सवमय बन्छ । डिलाइट डेरी ह्वाइटनर तपाईंको दैनिक जीवनमा मिठास, सहजता र सन्तुष्टि ल्याउँछ। चिया, कफी वा परिकारमा यसको प्रयोगले स्वादिलो अनुभव दिन्छ । अब तपाईं सँग केवल खीर होइन, तर एक साँचो, गाढा मिठासले भरिएको अनुपम क्षण हुनेछ । प्रत्येक सिप, प्रत्येक चम्चा स्वाद र सन्तुष्टिले भरिएको हुन्छ । जुन डिलाइट डेरी ह्वाइटनरले मात्र दिन सक्छ । त्यसैले ढुक्कसँग मजा लिनुहोस् । डिलाइट डेरी ह्वाइटनरले तपाईंको भान्सामा र जीवनमा थप मिठास ल्याओस् भन्ने विश्वास लिएको छ ।