चितवन र नवलपरासीमा चाहिँदैन मोहर


नायक पल शाह र नायिका नीति शाहद्वारा अभिनित फिल्म मोहरको शीर्ष गीतको छायांकन गरिएको छ। गीतको छायांकन चितवन र नवलपरासीमा गरिएको छ।


५ दिन लगाएर चितवन र नवलपरासीमा गरेको गीतमा पल र नीति रोमान्टिक रूपमा देखिएका छन्। चाहिँदैन मोहर बोलको गीतमा सुरेश अधिकारीको संगीत, प्रमोद ढुंगानाको शब्द रचना तथा शरद हुमागाईँ र विशाखा साहीको स्वर रहेको छ। गीतको भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्। गीतमा थारु कल्चरलाई समेत प्रस्तुत गरिएको छ।


फिल्म मेकर्स प्रालिको ब्यानरमा निर्मित फिल्म आगामी साउन २३ गते रिलिजमा आउँदैछ। ओम प्रतीकको लेखन र निर्देशन तथा चुम्बनजंग शाहीको निर्माणमा बनिरहेको फिल्ममा पल र नीतिको साथमा बेनिशा हमाल, अर्जुनजंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, सारा शर्मालगायले अभिनय गरेका छन्।

फिल्ममा सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द रचना, कुमार महर्जनको एक्सन र दिपेन बस्न्यातको छायांकन रहेको छ।