नरसिंहा अवतारबाट अपेक्षा


आगामी शुक्रबारबाट रिलिजमा आउन लागेको फिल्म नरसिंहा अवतारबाट नयाँ एक्सन हिरोको उदय हुने भएको छ।

उनी हुन् राज कटुवाल। राजले फिल्म क्षेत्रमा पाइला चालेको केही वर्ष भइसक्यो, तर नरसिंहा अवतारपछि उनको परिचय फेरिने अपेक्षा गरिएको छ। उसो त राज हतारमा एक्सन फिल्ममा देखिन लागेका होइनन्। उनी तयारी गरेरै आएका हुन्। यही फिल्मका लागि उनले शरीरलाई सुगठित बनाएका त छन् नै, मिक्स्ड मार्सल आर्टको पर्याप्त तालिम पनि लिएका छन्। उनी आप्mनो रिडेब्युलाई लिएर निकै उत्साहित छन्।

‘एउटा मौका पाउँ अनि क्षमता देखाउँछु भन्ने दृढतासहित प्रस्तुत हुँदैछु। १५ वर्षदेखि यो क्षेत्रमा भए पनि मेरो क्षमता के हो भन्ने कहिल्यै गहिरो रूपमा सोचिनँ। यसपटक चाहिँ चुनौती महशुस गरेको छु’ राज भन्छन् ‘१५ वर्ष पुरानो यात्रा बिर्सेर आफूलाई जिरो मानेर काम गरेको छु।’ राजले करिअरको बिचमा हार जस्तै मानेका थिए रे।

गरेको कामले सोचे जस्तो नाम नदिएपछि उनी ओझेलमा परेका थिए। तर, चलचित्र विकास बोर्डको सदस्य बनेपछि फिल्मीकर्मीबाट पटक–पटक अभिनयमा फर्कन सुझाव आएपछि उनले आफूलाई फेरि परीक्षामा उभ्याउने निर्णय गरेका रहेछन्। ‘सिर्फ आएँ भनेर आउने होइन भन्ने सोच थियो। त्यसैले कुनै पनि प्रस्ताव तत्काल स्विकार गर्ने मनसाय थिएन। त्यसैले, राम्रो कथा, राम्रो निर्देशकको पर्खाइमा थिएँ।

अन्ततः नरसिंहा अवतार सही अवसर हो भन्ने लाग्यो’ फिल्ममा ख्यातिप्राप्त अभिनेता राजेश हमालसँग स्क्रिन शेयर गरेका राजले भने ‘जसलाई आदर्श मानेर अभिनय गर्ने सपना बुनियो, उहाँसँगै काम गर्न पाउनु दुर्लभ अवसर हो। सपना साकार भएको जस्तै लागेको छ। उहाँबाट सबैभन्दा महत्वपूर्ण कुरा सिकेँ। सुपरस्टार हुँदा पनि जुन धरातलबाट उभिन पर्ने हो, त्यो बिर्सनु हुँदो रहेनछ।

निर्देशक दिवाकर भट्टराई आप्mनो एक्सन ड्रामा नरसिंहा अवतारका लागि गठिलो शरीर र एक्सन गर्न सक्ने रफ एण्ड टफ लुक्सवाला अभिनेताको खोजीमा थिए। लिडका लागि उनले राज कटुवाल भेटे भने अर्को एक अनुहार भेटिए रमेश चन्द सोडारी। जिम गरेर बनाएको आकर्षक शरीरको साथमा मिक्स मार्सल आर्टको लामो समयदेखिको अभ्यास यो फिल्मका लागि क्वालिफाइ हुन रमेशका लागि पर्याप्त भयो। मिक्स मार्सल आर्टको साथमा तेक्वान्दो र सितेरियो कराँतेका ब्ल्याकबेल्ट अनि जिम्न्यास्टिकमा पनि कुशल उनी फिल्ममा सकारात्मक भूमिकामा प्रस्तुत हुनेछन्।

‘राम्रो मिहिनेत गरेको छु, त्यसैले मैले मेरो कामले उचित नतिजा पाउने आशामा छु’ उनी भन्छन् ‘यो एक्सन, लभस्टोरी भएको एउटा प्याकेज फिल्म हो। प्याकेजका सबै कुराले यो फिल्म भरिपूर्ण छ।’ ठूलो पर्दामा रमेशको यो चाैंथो फिल्म हो। मेहेन्दो फिल्मबाट डेब्युको मौका उनको पहिलो फिल्म हलसम्म पुग्नै पाएन।

त्यसपछि भने मन त परदेशी, साङ्लो र वानर सेना नामका ३ फिल्म गरेका उनले नरसिंहा अवतारलाई आप्mनो बोर्ड परीक्षा मानेका छन्। ‘यो फिल्मबाट म आशावादी छु। विग बजेट, विग ब्यानर, विग क्यानभासको फिल्म पाएको छु। अघिल्ला फिल्म मेरा सिकाइका कक्षा थिए भने नरसिंहा अवतारलाई बोर्ड परीक्षा ठानेको छु’ उनी भन्छन्।

अर्कातिर हेटौंडाका ध्रुव न्यौपानेलाई हिरो बन्नपर्छ, मौका परे कुनै दिन भन्ने सोच कसरी आयो, उनलाई नै थाहा छैन। ‘सबैको रहर त कहाँ पूरा हुन्छ र? परिस्थितिले हेटौंडाबाट काठमाडौं ल्यायो। नयाँ बानेश्वरमा रोजमेरी क्याफे खोलेर रेस्टुरेन्ट व्यवसाय शुरू गरे। प्राइम लोकेसनको क्याफे भएकाले कलाकार र फिल्मकर्मी आउथे। त्यहीँबाट चिनजान बढ्दै गयो। उहाँहरूले तपाईंजस्तो मान्छेले रंगिन दुनियामा आउनुपर्छ भनेर उत्साह दिनुभयो। त्यही उत्साहले कलाकार बन्ने पुरानै रहर फेरि जाग्यो’ म्युजिक भिडियोबाट काम शुरू गरी झन्डै ५० म्युजिक भिडियो गरेका उनी भन्छन् ‘प्लान नामक फिल्ममा ब्रेक पाए।

त्यसपछि सन्त्रास, क्राइम, द क्राइम, पायलजस्ता आधा दर्जन फिल्ममा अभिनय गरे। पछि कोभिड महामारी शुरू भयो। धेरै रहर भएर पनि अभिनयको यात्रा खासै अघि बढेन। त्यसैले मेकरका रूपमा टिकिरहन चाहे। हिरो रिटन्र्स बनाए। तर कोरोना महामारीले असर पा¥यो, फिल्म प्mलप भयो। म एउटा हारले थच्चिने मान्छे होइन। मायावीबाट फेरि निर्माता बने। दुर्भाग्यवश त्यो पनि चलेन। तर त्यसलाई स्वीकार्दै नरसिंहा अवतार लिएर दर्शकमाझ आउँदैछु।’