काठमाण्डौ
नेपाल–ब्राजिल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष अखिल चापागाईंको नेतृत्वमा रहेको नेपाली व्यवसायी प्रतिनिधिमण्डलले ब्राजिलको भ्रमण गरेको छ ।

प्रतिनिधिमण्डलले ब्राजिलको कन्फेडेरेसन अफ नेसनल इन्डस्ट्री (सीएनआई) का अधिकारीहरूसँग भेट गरी आपसी चासो र व्यापारिक अवसरहरूबारे छलफल गरेका छन्। उक्त अवसरमा चापागाईंले नेपालमा व्यापार र लगानीको अनुकूल वातावरण रहेको जानकारी गराउँदै नेपाली व्यवसायी ब्राजिलका लगानीकर्तालाई नेपालमा स्वागत गर्न तयार रहेको बताउनु भयो ।

ब्राजिलस्थित नेपाली राजदूत निर्मलराज काफ्लेले नेपाल सरकारले व्यवसायका लागि प्रदान गर्ने प्रोत्साहन र नीतिगत सुविधाहरू बारे जानकारी गराएका गराउनु भएको यियो ।

सीएनआई का अध्यक्ष फ्रेडरिको लामेगोले नेपाली प्रतिनिधिमण्डललाई हार्दिक स्वागत गर्दै ब्राजिल र नेपालको व्यापारिक समुदायबीच सहकार्य र सम्पर्क विस्तारका लागि सघाउने प्रतिबद्धता जनाउनु भयो । दुबै पक्षले भविष्यमा निरन्तर सम्पर्कमा रहने र सम्भावित सहकार्यका क्षेत्रहरू पहिचान गर्दै जान सहमति जनाउनु भयो ।











प्रतिक्रिया