प्रधानमन्त्री ओली र सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता


काठमाडौँ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । उनीहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भेट भएको हो ।

प्रधानमन्त्री ओली र देउवाबीच हिजै भेट गर्ने तय भएको थियो । तर, ओली अस्वस्थ भएपछि भेट आजका लागि सारिएको थियो । आज पनि उनी अस्वस्थ छन् । तर, बाहिरको कार्यक्रममा सहभागी नभई प्रधानमन्त्री निवासमै भेटघाटको कार्यक्रम राखिएको उनको सचिवालयले जनाएको छ ।

ओली र देउवाबीचको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।