काठमाडौं ।
दोस्रो एसकेबिसी बागमती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिताको उपाधि ढल्को तेक्वान्दो डोजाङले जितेको छ ।
टोखा नगरपालिकाको बसुन्धारास्थित हेराल्ड इन्टरनेसनल कलेजमा भएको प्रतियोगितामा ढल्को ७ स्वर्ण, ५ रजत र ३ कास्य जित्दै टिम च्याम्पियन बन्यो । आयोजक एसकेबिसी तेक्वान्दो क्लब ५ स्वर्ण, ३ रजत र १० कास्यसाथ दोश्रो भयो । तेश्रो स्थानकोबालाजु तेक्वान्दो डोजाङले ४ स्वर्ण, ३ रजत र ६ कास्य पदक हात पा¥यो ।
प्रतियोगिताको पुरुषमा जैशीदेवल तेक्वान्दो डोजाङका रावल हाङ लिम्बू तथा महिलामा गोर्खाली तेक्वान्दो डोजाङकी प्रतिमा भुजेल उत्कृष्ट खेलाडी घोषित भए । एसकेबिसीका सुवास बोहरा उत्कृष्ट प्रशिक्षक चुनिए भने कुमार लावतउ त्कृष्ट निर्णायक ठहरिए । उत्कृष्ट चारैलाई ओप्पो मोबाइल पुरस्कार स्वरुप प्रदान गरियो ।
विजेतालाई टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एसकेबिसी तेक्वान्दो क्लबका मुख्य प्रशिक्षक तथा प्रतियोगिता संयोजक रञ्जित डंगौराका अनुसार प्रतियोगितामा बागमती प्रदेशका विभिन्न जिल्लाबाट १८ डोजाङ तथा क्लबका गरी ५ सय सिनियर-जुनियर खेलाडी सहभागी थिए । उनले च्याम्पियनसिपलाई प्रत्येक वर्ष नियमित रूपमा आयोजना गर्ने लक्ष्य रहेको बताए ।











प्रतिक्रिया