काठमाडौं ।
रुकुमपश्चिमबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस तनहुँको बन्दीपुर नगरपालिका-१, डुम्रे मा विपरीत दिशाबाट आउँदै गरेको टिपरसँग ठोक्किँदा कम्तीमा सात जना यात्रु घाइते भएका छन् ।
घाइतेहरूको स्थानीय लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालकको अवस्था गम्भीर रहेको र थप उपचारका लागि तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
प्रदेश १-०१-००१ ख ४१५२ नम्बरको बस र बागमती प्रदेश ०१-००१-अ-यू ००५७ नम्बरको टिपर आपसमा ठोक्किँदा बसमा यात्रा गरिरहेका यात्रुहरू घाइते भएका हुन् । दुर्घटनाको विस्तृत विवरण केहीबेरमा सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।











प्रतिक्रिया