अभिनेता प्रदीप खड्का फ्रान्समा जारी ७८औ“ कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा सहभागी भएका छन्।
कान्स उनका साथमा निर्देशक प्रदीप शाही पनि सहभागी छन्। प्रदीप अभिनित र शाही निर्देशित फिल्म एक्लोको प्रवर्धनका लागि उनीहरू फ्रान्स पुगेका हुन्। फिल्म एक्लो हाल कान्स मार्केटमा सहभागी छ। फिल्मका निर्देशक शाही भने कान्स प्रोड्युसर्स नेटवर्कमा सहभागी रहेका छन्।

नेपाली समयअनुसार सोमबार बिहान कान्सको ग्राण्ड थिएटर लुमियरमा थिएरी क्लिफा निर्देशित फ्रान्सेली फिल्म ला फेम्मे ला प्लस रिच डु मोन्डको प्रिमियरको क्रममा रेड कार्पेटमा सहभागी भएका प्रदीप कालो सुट लामो कपाल र कालो चस्मामा निकै आकर्षक देखिएका छन्। खड्का र शाहीका साथमा फिल्म टिमका केही सदस्य पनि सहभागी भएका छन्।











प्रतिक्रिया