इलाममा बाल फिल्म र सिनेमा पर्यटन महोत्सव


सोमबारबाट इलाममा बाल फिल्म महोत्सव, इलाम शुरू भएको छ। आगामी १० गतेसम्म चल्ने महोत्सवमा बालबालिकाका लागि ज्ञान, मनोरञ्जन र सिर्जनात्मकतालाई एकसाथ जोड्ने विविध कार्यक्रमहरू आयोजना गरिने बोर्डले जानकारी गराएको छ।

महोत्सवअन्तर्गत बाल फिल्म निर्माण प्रशिक्षण कार्यशाला, घुम्ती सिनेमा तथा सिनेमा साक्षरता अभियान, बाल फिल्म प्रदर्शनी र सेलिब्रेटीसँग बालबालिका विशेष सत्रजस्ता कार्यक्रम हुनेछन्।

इलामका प्रमुख १० पर्यटकीय स्थलमा हुने महोत्सवले बालबालिकाको सिर्जनशील विकासमा टेवा पु¥याउनुका साथै इलामको प्राकृतिक सौन्दर्य र सांस्कृतिक समृद्धिलाई फिल्ममार्फत उजागर गर्ने अपेक्षा बोर्डको छ।

महोत्सवस“गै चलचित्र विकास बोर्डको सहकार्यका चलचित्र पत्रकार संघले सिनेमा पर्यटन महोत्सव पनि आयोजना गर्दैछ। महोत्सवमा सिनेमा पर्यटन कार्यशाला, मिडिया मन्थन, सिनेमा संवाद र अन्तक्र्रिया कार्यक्रम समावेश छन्।