काठमाडौँ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुक मार्फत जवाफ भएका छन् । सोमबार सिंहदरबारमा आयोजित एक बैठकमा ओलीले बालेनलाई लक्षित गर्दे उपस्थित नभएको भन्दै टिप्पणी गरेका थिए ।
सोमबार साँझ बालेनले फेसबुक मार्फत जवाफ फर्काउँदै ओलीलाई भ्रष्टाचारीको नाइके भएको आरोप लगाएका छन् । उनले फेसबुमा लेखेका छन्, ‘ जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छु भन्दा ,देशको सबै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु भन्छ , त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ? सरी केपी ओली । मैले भ्रष्ट सिस्टमलाई साथ दिँदैन् ।’
आगामी जेठ १५ गते गणतन्त्र दिवस मनाउन आयोजित बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह नआएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रश्न उठाएका थिए । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि बालेन्द्र साहले संघीय सरकारका औपचारिक बैठक र छलफलमा सहभागिता जनाउने गरेका छैनन् ।











प्रतिक्रिया