काठमाडौं ।
ग्लोबल आइएमई बैंक कार्ड प्रयोगकर्ताको डाटा सुरक्षास्तर प्रमाणीकरण गर्ने पेमेन्ट कार्ड इन्डस्ट्रि डाटा सेक्युरिटि स्टान्डर्ड ( पीसीआई–डीएसएसण)मा प्रमाणीकरण भएको छ ।
नेटवर्क इन्टेलिजेन्सबाट पीसीआई–डीएसएसमा प्रमाणीकरणसँगै बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षित भएको प्रमाणित भएको हो । नेटवर्क इन्टेलिजेन्स पीसीआई सेक्युरिटि स्टान्डर्डस् काउन्सिलबाट मान्यता प्राप्त क्वालिफाइड सेक्युरिटि असेसर (क्यूएसए) हो । यो निजी संस्थाले कार्डको सुरक्षासम्बन्धी विषयहरू मूल्याङ्कन गर्ने गर्दछ ।
नेटवर्क इन्टेलिजेन्सबाट कार्डको सुरक्षासम्बन्धी मूल्याङ्कन र पीसीआई–डीएसएसमा प्रमाणीकरणसँगै बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षित भएको प्रमाणित हुन्छ ।
बैंकले कार्ड प्रयोगकर्ताहरूको डाटाको सुरक्षा सुनिश्चिताको लागि प्रणालीगत र संस्थागत रूपमा आन्तरिक नियन्त्रण गर्न आवश्यक सुरक्षा डिजाइन र कार्यान्वयनमा विशेष ध्यान दिएको छ । प्रयोगकर्ताको डाटा सुरक्षामा बैंकले निरन्तर प्रयास जारी राख्नुका साथै आफ्नो प्रतिवद्धतालाई स्वतन्त्ररूपमा प्रमाणित गरेको हो ।











प्रतिक्रिया