संगिनालाई बागमतीको शान अवार्ड


काठमाडौं ।

स्पोर्टस अवार्डमा तेक्वान्दो खेलाडी संगिना वैद्यलाई ‘बागमतीको शान अवार्ड’ बाट सम्मानित गरिएको छ । यो अवार्ड पाएसँगैं तेक्वान्दोकी रानी संगिनाले १ लाख रुपैयाँ पुरस्कार पनि प्राप्त गरिन् । नेपाली तेक्वान्दोलाई उँचाइमा पुर्याएकी हुनाले संगिनालाई तेक्वान्दोकी रानी उपनाम दिइएको हो । उनी जति खेलाडी नेपाली तेक्वान्दोमा अहिलेसम्म आएका छैनन् ।

यसैगरी, सो स्पोर्टस अवार्डमा नेपाली एमेच्योर गल्फका शीर्ष खेलाडी सद्भाव आचार्य उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । सद्भावलाई युवा खेलाडी अवार्डसहित ५० हजार रुपैयाँ प्रदान गरिएको थियो । उनले नेपाली गल्फमा अन्तर्राष्ट्रिय सफतला दिलाएका छन् । उनले नेपाली गल्फमा अन्तर्राष्ट्रिय उपाधि भित्र्याउने क्रममा फाल्डो जुनियर टूर युरोप ग्रान्ड फाइनल र बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा उपाधि जितेका हुन् ।