मानन्धर र केसीलाई लाइफटाइम अचिभमेन्ट


काठमाडौं । सो स्पोर्ट्स अवार्डमा प्रसिद्ध धावकहरू बैकुण्ठ मानन्धर र जित बहादुर केसीलाई लाइफ टाइम एचिभमेन्ट अचार्डबाट सम्मान गरियो । मानन्धर र केसीलाई समान १ लाख रुपैयाँ प्रदान गरिएको हो ।

काठमाडौंका मानन्धर नेपाली खेलकुदको जिउँदो इतिहास हुन् । म्याराथनको ट्रयाकमा उनले जति इतिहास रचेको अरुले प्राप्त गर्न सकेको छैनन् । उनको दक्षिण एसियाली खेलकुद (साग) को पहिलो, दोस्रो र तेस्रो संस्करणमा लगातार म्याराथन स्वर्ण जितेको कीर्तिमान अझै पनि सुरक्षित छ ।

यस्तै नेपाली खेलकुदको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने धावक केसी हुन् । सन् १९७३ मा फिलिपिन्समा सम्पन्न एसियन एथलेटिक्स च्याम्पियनसिपमा उनले म्याराथन दौडमा कांस्य पदक जितेका थिए । त्यो नै नेपालको लागि कुनै पनि खेलमा जितेको पहिलो अन्तर्राष्ट्रिय पदक थियो ।