काठमाडौं।
हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा रोयल्सले दोस्रो जित हात पारेको छ । लिग अन्तर्गत आइतबार कीर्तिपुर कभर्डहलमा भएको खेलमा रोयल्सले सामाखुशी युवा क्लबलाई ९३–८३ ले पराजित गरेको हो ।
यो दोस्रो जितपछि रोयल्सले ४ खेलबाट ६ अंक जोडेको छ भने सामाखुशीको यो लगातार चौथो हार हो । रोएल्सका लागि प्रसाङध्वज मास्केले सर्वाधिक २८ अंक स्कोर गरे । उनी मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । सामाखुशीका लागि विक्रम डंगोलले २० अंक स्कोर गरे ।











प्रतिक्रिया