काठमाडौं ।
बलिउड डान्सर तथा अभिनेत्री नोरा फतेहीले शनिबार राति बौद्धस्थित होटल हायत रिजेन्सीको ग्राउन्डमा भव्य प्रस्तुति दिएकी छन् ।
नोरा फतेही लाइभ इन नेपाल नामक कार्यक्रममा नोराले आफ्नो चर्चित स्नेक डान्ससहित बलिउडका विभिन्न हिट नम्बरमा दमदार प्रस्तुति दिएकी थिइन् । बालबालिकाको शिक्षाको क्षेत्रमा काम गर्दै आइरहेको संस्था ह्युम्यान रेस्पेक्ट नेपालको आयोजनामा आयोजित च्यारिटी कार्यक्रमका लागि वल्र्डवाइल्ड फिल्म्स प्रालिले नोरासहितको टिमलाई काठमाडौं ल्याएको हो ।
उनको २३ सदस्यको टोली शुक्रबार नै नेपाल आए पनि उनी भने शनिबार दुबईबाट नेपाल आएकी थिइन् ।
कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, तेरिया मगर, समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन–६ का विजेता प्रोसेस पाण्डेसहित भ्वाइसका फाइनलिस्ट रोशन राई, अर्पणा आचार्य, प्रमेश राई र इन्द्रकला राईले प्रस्तुति दिएका थिए ।











प्रतिक्रिया