एनआईसी एशिया लघुवित्तद्वारा वित्तीय साक्षरता र स्वास्थ्य शिविर, २५८ को सहभागिता


एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पाँच वटा शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। जेठ ३ गते सम्पन्न कार्यक्रममा मौवा शाखामा ४६, दुर्गाफाँटमा ७१, चैनपुरमा ३८, खैरावानामा ४५ र दुर्गौलीमा ५८ जना गरी कुल २५८ जनाको सहभागिता रहेको संस्थाले जनाएको छ।

वित्तीय साक्षरता कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासन, लघुवित्तका प्रदेश प्रमुखहरू, अनुगमन अधिकृत तथा शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो। सहभागीहरूलाई आधारभूत वित्तीय ज्ञान, बचत र ऋणको सही प्रयोग, बीमा र आर्थिक योजनाबारे जानकारी दिइएको थियो।

त्यही दिन, लघुवित्तले झापाको कमल गाउँपालिकास्थित सिद्धार्थ सामुदायिक भवनमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। ऐन्जल फाउन्डेसनको सहयोगमा सञ्चालित शिविरमा काठमाडौंस्थित सिभिल हस्पिटलका तीन जना वरिष्ठ चिकित्सकसहित नौ सदस्यीय टोलीले स्वास्थ्य सेवा उपलब्ध गराएका थिए।

स्वास्थ्य शिविरबाट ४० जना भन्दा बढी सेवाग्राही लाभान्वित भएका थिए भने १६ जनाको ल्याब परीक्षणसमेत गरिएको थियो। सहभागीहरूलाई निःशुल्क औषधि वितरण गरिएको लघुवित्तले जनाएको छ।

ग्रामीण भेगमा रहेका निम्न वर्गीय समुदायका मानिसहरुलाई आर्थिक अभाव तथा विभिन्न कारणबाट उपचारबाट वञ्चित हुनबाट रोक्न संस्थाले उक्त शिविर सञ्चालन गरेको हो । यसबाट ग्रामीण भेगका जनताको लुकेर बसेको रोग पहिचान गरि समयमा नै उपचार गर्न सहयोग पुग्ने विश्वास संस्थाले लिएको छं । साथै आगामी दिनहरुमा पनि यस्तै स्वास्थ्य शिविरहरु सञ्चालन गरी ग्रामीण भेगका जनतालाई सहयोग पुर्याउने प्रतिबद्धता संस्थाले गरेको छ ।