राजेश पायल र मेलिनाको स्वरमा साकेला जाउँ


गायक गायिका राजेश पायल राई र मेलिना राईको स्वरमा साकेला जाउँ बोलको गीत भिडियोसहित रिलिज गरिएको छ।


किराँत समुदायको पितापुर्खाको सम्झना गर्ने, उनीहरूबाट आशीर्वाद लिने र किराँत समुदायमा जन्मदेखि मृत्युसम्म गरिने कर्म र संस्कार झल्कने खालको गीतमा दक्षिण राईको संगीत र सागर संसार राईको संगीत संयोजन रहेको छ।

सङ्खुवासभाका किराँत युवाहरूको अगुवाइमा उभौली पर्वको अवसर पारेर सार्वजनिक गीतको भिडियोको छायांकन गंगाराम राईले गरेका छन् भने भिडियो युवराज राई र सरस्वती राईले निर्माण गरेका छन्। जोन राईको सम्पादन रहेको गीतको भिडियोमा जोन राई र मनिसा राईले अभिनय गरका छन्।