लक्ष्मी सनराइज बैंक एनपिएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आबद्ध


काठमाडौँ
लक्ष्मी सनराइज बैंक र एनसिएचएलबीच एनपिएस–एनसिएस तथा डमेस्टिक कार्ड स्किम (नेपाल पे कार्ड)को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख– खुद्रा तथा वित्तीय सेवा दिपेश अमात्य तथा एनसिएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गर्नुभयो ।

एनसिएचएलले हालै एनपिएस–एनसिएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरूलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्ड इस्युइङ र अक्वायरिङका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरू एनपिएस–एनसिएस र एनपिएस–एनसिएसमा आबद्ध भइरहेका छन् ।

नेपाल पे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात लक्ष्मी सनराइज बैंकले ग्राहकहरूका लागि उक्त कार्ड इस्यु तथा अक्वायर गर्न सक्नेछन् ।

एनपिएस–एनसिएसलाई विभिन्न कार्ड स्विचहरूबीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरूको राउटिङ र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रूपमा स्थापना गरिँदैछ ।

उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डेटा लोकलाइजेसन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरूको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।

एनसिएचएलले ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पिएसओ र पिएसपी र १०० भन्दा बढी गैर–बैंकिङ सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ ।

एनपिएस–एनसिएस र नेपाल पे क्युआर कोडको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाइमा पु¥याउने अपेक्षा गरिएको छ ।

लक्ष्मी सनराइज बैंकले २५४ वटा शाखा÷२७ विस्तारित काउन्टर तथा ३२९ एटिएम टर्मिनल मार्फत ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ तथा वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेको छ ।