नोरा फतेही नेपालमा


काठमाडौं ।

बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेही नेपाल आएकी छन् ।

उनी आज बौद्ध टुसालस्थित हायात ग्राउन्डमा हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ का लागि नेपाल आएकी हुन् ।

वर्ल्डवाइइ फिल्मस् नेटवर्क प्रालिको प्रस्तुतिमा आयोजना हुन लागेको यो कार्यक्रमकाे लागि उनी नेपाल आएकी हुन् ।

कार्यक्रममा नोरासँगै केही नेपाली कलाकार र गायक-गायिकाले पनि प्रस्तुति दिने भएका छन् । कार्यक्रममा दुर्गेश थापा, तेरिया मगर, द भ्वाईस अफ नेपालको चन्द्रकला राई लगायत ५ जनाले आफ्नो प्रस्तुति दिनेछन् ।