काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त दुई अतिरिक्त स्वास्थ्य सचिव (१२औं तह) मा बढुवाका लागि तीन जनाको नाम सिफारिस भएको छ । मन्त्रालयमा बिहीबार बसेको बढुवा समितिको बैठकले आवेदन दिएका २४ मध्ये २३ जनाको मूल्यांकन गर्दै तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
मन्त्रालय उच्च स्रोतका अनुसार बैठकले डा. केशरबहादुर ढकाल (अब्सर गाइने) प्रादेशिक अस्पताल सुर्खेत, डा. श्रीकृष्ण श्रेष्ठ (पेडियाट्रिसियन, पेडियाट्रिक्स) पोखरा र डा. सुधा देवकोटा (प्रमुख मेडिकल सुपरिटेन्डेन्ट) स्वास्थ्य सेवा विभागको नाम मन्त्रिपरिषद्समक्ष पठाउने निर्णय गरेको छ ।
यसअघि आवेदन दिनेहरूको संख्या २४ भए पनि डा. डेलासिंह जोशी (गाइने, अब्स) ले आफ्नो आवेदन फिर्ता लिएपछि प्रतिस्पर्धा २३ जनामा खुम्चिएको थियो । बैठकले डा सिंहले प्रतिस्पर्धाबाट नाम फिर्ता लिएको समेत औपचारिक निर्णय गरेको छ ।
बढुवा समितिले सिफारिस गरेको तीन जनाको नाम अब स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मन्त्रिपरिषद्मा पेस गर्नुहुनेछ । तीमध्येबाट दुईजना अतिरिक्त स्वास्थ्य सचिव बन्ने छन् ।











प्रतिक्रिया