मेयर बालेन्द्रले गरे प्रवक्ता परिवर्तन 


काठमाडौँ।

काठमाडौं महानगरका मेयर बालेन साहले चार वटा समितिका संयोजक हेरफेर गरेका छन्। यसअघि  प्रवक्ता रहेका  वडा नं १७ का अध्यक्ष नवीन मानन्धरको ठाउँमा बिरेन्द्र प्रजापतिलाई जिम्मेवारी दिएका छन्।   मानन्धर  कामपाको सूचना प्रविधि समितिका संयोजकसमेत हुन। 

यसै गरी  सम्पदा पर्यटन समितिमा आशामान संगतको ठाउँमा विनोद राज भण्डारीले जिम्मेवारी पाएका छन्। त्यस्तै विधायन समितिमा  मचाराजा महर्जनको ठाउँमा रोजिना श्रेष्ठ र सुशासन समितिमा  ख्याम तिवारीको ठाउँमा दलबहादुर  कार्की तोकिएका छन्। 

मेयर साहले कामपा कार्य सम्पादन नियमावली २०७४ को दफा १५ अनुसार समिति हेरफेर गरेका हुन्।