सिटिजन्स बैंकले जनकपुको विद्यालयलाई पंखा वितरण गर्यो


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जनकपुरधाम गाउँपालिका–४, धनुषास्थित श्री संकट मोचन देवसरन रामरती माध्यमिक विद्यालयलाई पंखा सहयोग स्वरूप हस्तान्तरण गरेको छ ।

झन्डै १ हजार विद्यार्थी अध्ययनरत यस विद्यालयमा अध्ययन वातावरण सहज बनाउने उद्देश्यले बैंकले पंखा सहयोग प्रदान गरेको हो ।

विद्यालय प्राङ्गणमा आयोजित विशेष कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले विद्यालय प्रशासनलाई पंखा हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी पोखरेलले बैंकले गरिरहेको सानो सहयोगले विद्यार्थीहरूको सिकाइ प्रक्रियामा सकारात्मक असर पार्ने विश्वास व्यक्त गर्नुभयो ।

आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ ।