निर्माता निर्देशक शोभित बस्नेतको पछिल्लो फिल्म पीआरको छायांकन पूरा भएको छ। फिल्मको सुटिङ थालेको २८ दिनमा छायांकन पूरा भएको हो।
निर्देशक बस्नेतले अस्ट्रेलियामा १८ दिन र नेपालमा १० दिनको सेड्युलमा छायांकन सकिएको बताए। उनले अस्ट्रेलियापछि दोस्रो सेड्युलका रूपमा कास्कीको धम्पुसबाट छायांकन थालेका थिए।
बस्नेतले कथाले मागेअनुसार नै अस्ट्रेलिया र नेपालमा छायांकन गरिएको बताए। ‘मैले कथाअनुसार नै पिआरको छायांकन सकाएको छु। कलाकारहरूले एकदमै राम्रो काम गर्नुभएको छ। त्यसैले यो फिल्म एकदमै राम्रो बनेको छ’ शोभितले सुनाए।
सलोन सलिना फिल्म्स्को ब्यानरमा निर्मित फिल्मले विदेशमा रहेका नेपालीले पिआरको लागि गरेको संघर्ष र नेपालबाट अभिभावकले राख्ने आशा र भरोसाको कथा भन्नेछ। रन्जित शाह आरएफएम प्mयास्लिटी म्यानेजमेन्ट र लेन वे डम्प्लिङको प्रस्तुतिमा निर्माणाधीन फिल्ममा नीर शाह, गौरी मल्ल, रबिन्द्र खड्का, उत्तम केसी, आरए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी, बिमला खत्री, आस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स, नवीन घायल लगायतका कलाकारले अभिनय गरेका छन्।
ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल, इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा र रन्जित शाहद्वारा निर्माणाधीन फिल्ममा निर्देशक बस्नेतकै कथा, गणेश बुढाथोकीको पटकथा र संवाद, मानस राज र भीम बिसीको संगीत, रामजी लामिछानेको नृत्य, सौरभ मानन्धर र सौरभ लामाको छायांकन तथा बन्दे प्रसादको सम्पादन रहेको छ।











प्रतिक्रिया