काठमाडौँ
गोरखाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहँु जिल्लाको भानु नगरपालिका भएर बग्ने मस्र्याङ्दी नदीमा एम. ए.पावर प्रा. लि. ले निर्माण गर्ने ९० मेगावाटको मस्र्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा कुमारी बैक लिमिटेडको अगुवाईमा २०८२ बैशाख ३१ गते लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
लगानी सम्झौताएम. ए.पावर प्रा. लि.का अध्यक्षश्री अनुपआचार्य र कुमारी बैक लिमिटेडका प्रमुख व्यवसाय अधिकृत क्षितिज खड्काको उपस्थितिमा कुमारी बैक लिमिटेड, प्रभु बैक लिमिटेड, सिद्धार्थ बैक लिमिटेड, कृषि विकास बैक लिमिटेड, सानिमा बैंक लिमिटेड, कर्मचारी सञ्चय कोष, गरिमा विकास बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड तथा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १५ अर्ब १८ करोड ७५ लाखको संयुक्त लगानीमा आयोजना निमार्ण हुने गरी ऋण सम्झौता सम्पन्न भएको छ ।
स्वपुँजी लगानी तर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दीपक बरालको हुनेछ । साथै डोल्मा इम्पाक्ट फण्डले पनि कम्पनीमा संस्थापक सेयरको ४९ प्रतिशत सम्म स्व पुँजी लगानी रहने कम्पनीका अध्यक्षले बताउनु भएको छ । यही समुहबाट हाल सेती खोला हाईड्रो पावर लिमिटेड मार्फत सेती खोला जलबिद्युत आयोजना २२ मे.वा.निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।











प्रतिक्रिया