समाजिक कथामा निर्माणाधीन फिल्म जनै हराएको बाहुन: सम्बन्धका धागाहरूको छायांकन सकिएको छ।
फिल्मको ललितपुरको च्यासलस्थित एक पार्टी प्यालेसमा ३५ दिनमा इन्डक्ल्याप भएको हो। काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा छायांकन गरिएको फिल्म अपेक्षा गरेअनुसार नै राम्रोसँग छायांकन सकिएको निर्देशक हिमाल न्यौपानेले जानकारी गराए। न्यौपानेको यो डेब्यु निर्देशन हो।
गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उसको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राखेर कथा बुनिएको फिल्मले आमा र छोराबीचको भावनात्मक कथा भन्नेछ। प्रेमगीत ३ का अभिनेता मनिष राउत असोसियट निर्देशक रहेको फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतले अभिनय गरेका छन्।
पेपरक्लिप प्रोडक्सनको ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेद्वारा निर्माणाधीन फिल्ममा कथा, पटकथा र संवाद भानुभक्त ढकाल, संगीत प्रशान्त सिवाकोटी, एसडी योगी, थानेश्वर गौतम र अर्जुन पोखरेल, डिओपी नवीन गुरुङ र छायांकन कृष्ण परियारको रहेको छ। फिल्ममा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत र फिलिप डिसी सहनिर्माता रहेका छन्।











प्रतिक्रिया