नेपालमा फिल्म निर्माण सुरूवात भएको ६ दशकपछि प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १० र १३ मा निर्माण हुने सिनेपा ः नामक सुविधासम्पन्न सुटिङ स्टुडियो निर्माणको मंगलबार शुभारम्भ गरेका छन्।
स्टुुडियो निर्माणस्थलमा पुगेर शिलान्यास गर्ने कार्यक्रम भए पनि प्रधानमन्त्री ओलीले अन्तिम समयमा आएर प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा स्टुडियो निर्माणको शुभारम्भ गरेका हुन्। ४२ रोपनी जग्गामा निर्माण हुने स्टुुडियो बारे बोल्दै प्रधानमन्त्रीले स्टुडियो निर्माण आरम्भ हुनु फिल्म क्षेत्रका लागि एक प्रकारको क्रान्ति भएको बताए।
‘त्यसबेलाको जति अहिले राज्यको ढुुकुुटीमा पैसा छैन। तर पनि थालेको काम हामी पूरा गर्छाैँ। यसको लागि बजेट विनियोजना हुन्छ’। चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने। बालाजुुस्थित नेपाल चलचित्र विकास कम्पनीको जग्गा हिनामिना भएको भन्ने सम्बन्धमा कार्यक्रममा सहभागी सञ्चारमन्त्री र सचिवलाई ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री ओलीले हप्ता दश दिनभित्र त्यसको छानबिन गरी प्रतिवेदन दिन निर्देशन दिए।
प्रधानमन्त्री ओलीले फिल्म जगत दोलखामा फिल्म सिटी बनाउन लागेको जनाउँदै आफूले पालुङटारमा बनाऔँ भनेको खुलाए। ‘त्यहाँ गजब हुन्छ। पालुङटारमा फिल्म सिटी बन्दा फिल्मकर्मीलाई छायांकनका लागि धेरै फाइदा हुन्छ। विदेशी फिल्मलाई पनि लोभ्याउन सकिन्छ।’ ओली आप्mनो स्वभावअनुसार ठट्टा र व्यङ्ग्य गर्न पनि पछि परेनन्। ‘जनकपुरमा रेल कुदिरहेको छ, तपाईंहरू गीत बनाउनुहुन्छ दार्जिलिङको रेल’ उनले ठट्टयौलो शैलीमा व्यङ्ग्य गरे ‘किन जनकपुरको रेल नदेखेको?’











प्रतिक्रिया