गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सद्धारा सामुहिक भोजन वितरण कार्यक्रम सम्पन्न


काठमाडौं

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.ले २५६९औं बुद्घ जयन्तीको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौं महानगरपालिका १५ स्थीत स्वयम्भूनाथ स्तुपा परिसरमा श्रद्घालुहरुलाई सामुहिक भोजन वितरण कार्यक्रम सम्पन्न गरेको छ । नकर्मी समाजको सहकार्यमा फाइनान्सले सो कार्यक्रम गरेको थियो ।

कार्यक्रममा नकर्मी समाजका अध्यक्ष जितेन्द ्रनकर्मी, गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.का अनुपालन अधिकृत सन्तोषकुमार चौरसियालगायत अभिषेक श्रेष्ठ, रजनी महर्जन र सबिना श्रेष्ठलगायत संस्थाका अन्य कर्मचारीहरु तथा नकर्मी समाजका सदस्यहरुको उपस्थिति रहेको थियो ।

संस्थाले विगत देखि नै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता सामाजिक कार्य गर्दै आईरहेकोे छ । आगामी दिनहरुमा पनि यस्ता कार्यलाई निरन्तरता दिइने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताउनु भयो ।

यस बितिय संस्थाले हाल देशभर २३ वटा शाखा कार्यालय र ४ वटा विस्तारित काउण्टरहरुबाट बितिय सेवा तथा एटिएम सेवा, सेफ डिपोजिट, लकर सेवा, डिम्याट खाता, मोबाइल बैकिङ्ग सेवाहरु जस्ता आधुनिक बैकिङ्ग सेवा सुबिधाहरु प्रदान गर्दै आईरहेको मुख्य प्रबन्धक शिल्पा प्रधानाङ्गले बताउनु भयो ।