गायक परियारलाई राष्ट्रिय संगीत अवार्ड

गीतकार थापालाई लाइफटाइम र समाचारपत्रका गिरीलाई रजत सम्मान


नेपाल समाचारपत्रका वरिष्ठ समाचार सम्पादक विदुर गिरी कास्की खबर प्रालिको आयोजनामा सोमबार राजधानीमा सम्पन्न तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२ मा रजत संगीत पत्रकारिता सम्मानबाट सम्मानित भएका छन्।

गिरीलाई ३ दशकभन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा योगदान पु¥याएवापत प्रथम महिला मुख्यमन्त्री एवम् कार्यक्रमकी प्रमुख अतिथि अष्टलक्ष्मी शाक्य, गीतकार राजेन्द्र थापा, सांस्कृतिक अध्ययन अनुसन्धान प्रतिष्ठानका अध्यक्ष एवम् लोक गायक बमबहादुर कार्की, चलचित्र पत्रकर संघ नेपालका पूर्व अध्यक्ष शान्तिप्रियलगायतले १५ हजार ५ सय ५५ रुपियाँसहित सम्मान गरेका हुन्।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठामा सम्पन्न कार्यक्रममा ५ दशकभन्दा लामो समयदेखि गीत लेखन क्षेत्रमा योगदान पु¥याएवापत गीतकार राजेन्द्र थापालाई २५ हजार रुपियाँसहित संगीत दीर्घ साधना सम्मानबाट सम्मानित गरियो। त्यसै गरी म्युजिक खबर पाक्षिक र म्युजिक खबर डट कमकी सम्पादक सविता पोखरेललाई ११ हजार एक सय ११ रुपिँयासहित दशक पत्रकारिता सम्मानबाट सम्मानित गरियो।

लोक र आधुनिक संगीत तथा भिडियोतर्फ २० विधामा ३५ जनालाई अवार्ड प्रदान गरिएको समारोहमा आधुनिक गीततर्पm निर्लज बोलको गीतबाट शिव परियारले सर्वोत्कृष्ट गायकको अवार्ड चुमे भने सोही गीतबाट राखी गौचनले शब्द र शंकर थापा स्माइलले संगीतकारको अवार्ड चुमे। त्यस्तै ओइ माया ओइबाट अनामिका चौलागाईंले गायिकाको अवार्ड चुम्दा श्रीदेव भट्टराईले पुरुष मोडल र रोशनी कार्कीले चोटैचोटको जिन्दगीबाट महिला मोडलको अवार्ड चुमिन्।

शिव नृत्यबाट आरम्भ गरिएको कार्यक्रममा केही गर्नु छ देशका लागिबाट श्रीकान्त राना क्षेत्री राष्ट्रिय भावको गीत, लोक दोहोरीतर्फ न काली न गोरीबाट बालचन्द्र बरालले गायक, एकलाई शून्य दशबाट सुनिता बुढा क्षेत्रीले गायिका, पिर परेर आको बेलामाबाट कृष्ण सुवेदीले शब्द सिर्जना, कठोर मान्छेबाट प्रेम सापकोटा सोनुले लय सिर्जना, निरिमायाकोबाट विमल अधिकारी र चरी बासैमाबाट स्मारिका ढकालले मोडलको अवार्ड पाए।

त्यसै गरी रानी बनमा फुलबाट राजन सुवेदीले नव गायक, माया साह्राे छबाट वर्षा पौडेलले नव गायिका, ए सैयाबाट कृष्ण लामिछानेले संगीत संयोजन र घुमौँ रामेछापबाट राजाराम सिंखडाले कोरियोग्राफरको अवार्ड पाए भने गायक सुशील ज्ञवाली, शंकर क्षेत्री, उत्तम भण्डारी, दीपक ओलि, दीपक क“डेल, याम प्रसाद निउरे, तुलसा क्षेत्री ,सञ्जय देबकोटा, पेम्वा लामा शेर्पा, उमेश ठगुन्ना, जगत घर्ती मगर, सिर्जन पुन, सन्दीप सेन्चुरीलगायतले विभिन्न विधाबाट जुरी, पब्लिक च्वाइस र इन्करेजमेन्ट अवार्ड प्राप्त गरेका छन्।

कार्यक्रममा पर्पmमर दुर्गेश थापालाई वर्षभरी सबैभन्दा धेरै मेला महोत्सव र युटुबमा हेरिएको र सुनिएकोले गोल्डेन माइक अफ द इएर संगीत सम्मान, अम्बिका गुरुङलाई गोल्डेन पेन अफ द इयर संगीत सम्मान, खेम सेन्चुरिलाइ म्युजिक अफ द इयर, शितल कादम्बिनीलाई साहित्य संगीत सम्मान, कादम्बरी दाना श्रेष्ठलाई गीतकार तथा सामाजिक व्यक्तित्व सम्मान, निता आचार्यलाई डायस्पोरा संगीत संम्मान, च्याङ्वा लामालाई फोटोग्राफर सम्मान, लक्ष्मी नेपाली र सन्जु न्यौपानेलाई युवा संगीत प्रतिभा, गायकहरू सविन चौहान, दुर्गा बिरही, रिजन पुलामी मगर, रामचन्द्र ढकाललगायतलाई विशेष सम्मानबाट सम्मानित गरिएको थियो।

समारोहमा प्रमुख अतिथि शाक्यले यस्ता कार्यक्रमले कला र पत्रकारिता क्षेत्रमा क्रियाशील व्यक्तित्व तथा प्रतिभालाई प्रोत्साहन मिल्नुका साथै गीत संगीतको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन्। कास्की खवर प्रालिका अध्यक्ष ऋषि दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा वार्डकी संयोजक किस्ना आचार्य रोशनीले अवार्डको भिडमा फरक पहिचान बनाउँदै जाने बताइन्।