माउन्टेन ड्यूको ‘पिक्स अफ करेज’ अभियान सुरु


काठमाडौं
पेप्सीको ब्राण्ड ‘माउन्टेन ड्यूले ‘पिक्स अफ करेज’ अभियान सुरु गरेको छ । नेपाल पर्यटन बोर्ड र डिस्कभरी च्यानलसँगको सहकार्यमा अघि बढाइएको यो अभियानले सगरमाथा बाहेकका कम प्रचारमा आएका हिमशिखरलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य लिएको छ ।
‘पिक्स अफ करेज’ अभियानले हिमाल आरोहणसँग जोडिएका साहस, संघर्ष र अहिलेसम्म लुकेका कथालाई उजागर गर्दै पर्वतारोहणको नयाँ परिभाषा दिने प्रयास गरेको छ ।
अभियानले नेपाललाई केबल सगरमाथाको देश नभई विश्वकै साहसिक आरोहण गन्तव्यको रूपमा प्रस्तुत गर्दै देशभरि फैलिएका अपरिचित शिखरहरूको प्रवद्र्धन गर्नेछ ।